Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार (असोज १५) ०.२६ अंकले बढेको छ । अन्तिम समयमा बजार सम्हालिँदा ०.०१ प्रतिशतले बढ्दै २५९९.१५ विन्दुमा उक्लिएको हो ।

बजार सकारात्मक रहँदा १३९ कम्पनीको सेयर मूल्य बढेको छ । १२८ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन चार अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ५१ हजार ७४५ पटकमा किनबेच भएको हो ।

सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, इमर्जिङ नेपाल लिमिटेड, माथिल्लो मैलुङ खोला, हाथवे इन्भेस्टमेन्टलगायत कम्पनी उच्च कमाउने शीर्ष पाँचभित्र परे ।

समूहगत सूचकतर्फ वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत् समूह बढेका छन् । बाँकी समूह घटेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं