Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

विराटनगर । धरानको नयाँ बसपार्क सञ्चालन तथा यात्रु चढाउने विषयलाई लिएर स्थानीय र यातायात व्यवसायी तथा चालकबीच झडप भएको छ। उपमहानगरपालिकाले नयाँ बसपार्क सञ्चालनमा ल्याएपछि यात्रु चढाउन तथा ओराल्न बसपार्कमै जानुपर्ने व्यवस्था गरेको भए पनि केही चालकले बसपार्कमा नगई बाटोबाटै यात्रु उठाउने गरेको विषयमा विवाद उत्पन्न भएको बताइएको छ।

बसपार्कमा गएर यात्रु चढाउनुपर्ने उपमहानगरपालिकाको नियमविपरीत सडकबाटै यात्रु उठाएको भन्दै स्थानीय तथा यातायात व्यवसायीबीच विवाद भएको र विवादपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईले घटनाबारे जानकारी दिँदै बसपार्क सञ्चालन र सडकबाट यात्रु उठाउने विषयलाई लिएर स्थानीय तथा यातायात व्यवसायीबीच विवाद भएको बताएका छन्। घटना सामान्य भइसकेको  उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं