काठमाडौँ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म ४८ घण्टा खुला राखिने भएको छ।
बाँधका ढोका खोलिएपछि महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भन्दै दार्चुला र कञ्चनपुर प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी वारपार नगर्न तथा नदीमा नजान अनुरोध गरेको छ।

बाँध बन्द भएपछि पनि केही समय नदीको बहाव उच्च रहन सक्ने भएकाले स्थानीय प्रशासनको सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

