Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरीले दसैँ–तिहार लक्षित सुरक्षा योजना ल्याएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत चाडपर्वका समयमा निगरानी तथा सुरक्षा व्यवस्थाका लागि विभिन्न टोली परिचालन गरिने जनाएको छ । परिसरका एसपी दानबहादुर थापाका अनुसार चोरी, डकैती तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि ३ हजार ५०६ जना प्रहरी परिचालन गरिनेछ ।

लामो दूरीका सवारीसाधनमा चेकिङ, मादक पदार्थ सेवन (मापसे)  जाँचमा कडाइ तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा समेत निगरानी बढाइने प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाका लागि तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिनेछ ।

प्रहरीले दैनिक ७० जना सादा पोसाकका प्रहरी र १५२ जना क्विक रेस्पोन्स टोली परिचालन गर्ने जनाएको छ । यस्तै, ९० स्थानमा २४ घण्टा नै प्रहरी परिचालन गरिनेछ । प्रहरीले चाडपर्वका नाममा अनावश्यक तडकभडक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं