Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

विराटनगर । प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने १४ जना सांसदहरूको अनुपस्थितिको सूचनालाई प्रतिनिधिसभाले स्वीकृति दिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार लगातार १० वटाभन्दा बढी बैठकमा सांसद अनुपस्थित भएमा पद नै जाने व्यवस्था छ । तर सदनबाट अनुपस्थितिको सूचना अनुमोदन गराएर पद कायम गर्ने प्रचलन रहेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियमबमोजिम सभामुख डोलप्रसाद अर्यालले पेश गरिएको अनुपस्थितिको सूचनालाई सभाले सर्वसम्मतिले स्वीकृति जनाएको हो ।

संसद् सचिवालयका अनुसार अनुपस्थित हुने सांसदहरूमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वमन्त्री तथा अन्य प्रतिनिधिसभा सदस्यहरू रहेका छन् ।

सदस्यहरू उपचार, विदेश यात्रा, जिल्ला भ्रमण, अन्तर्राष्ट्रिय कार्यक्रम तथा व्यक्तिगत तथा घरायसी कारणले संसद् बैठकमा अनुपस्थित रहेका हुन् ।

यसैबिच संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

कुन सांसद कति बैठकमा किन अनुपस्थित ?
१. पुष्पकमल दाहाल प्रचण्ड : २०८३ वैशाख ३० देखि असार १३ गतेसम्मका २४ वटा बैठकमा अस्पताल भर्ना हुनुपरेकाले अनुपस्थित।

२. योगेश गौचन थकाली : २०८३ असार ५ देखि भदौ ३ गतेसम्मका २० वटा बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

३. विदुषी राणा : २०८३ भदौ ३० देखि असोज १६ गतेसम्मका १५ वटा बैठकमा विदेश यात्राका कारण अनुपस्थित।

४. भरत बहादुर खड्का २०८३ भदौ २९ देखि असोज १५ गतेसम्मका १४ वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

५. मोहम्मद इश्तियाक राई : २०८३ भदौ ३० देखि असोज १५ गतेसम्मका १४ वटा बैठकमा व्यक्तिगत कारणले अनुपस्थित।

६. हरिना देवी कामी : २०८३ असोज १ देखि असोज १६ गतेसम्मका १३ वटा बैठकमा ससुराको काजकिरियाका कारण अनुपस्थित।

७. भूमिका लिम्बू सुब्बा: २०८३ असोज ५ देखि असोज १६ गतेसम्मका १२ वटा बैठकमा छोरीको स्वास्थ्य उपचारका कारण अनुपस्थित।

८.जनक राज गिरी: २०८३ भदौ २५ देखि असोज १२ गतेसम्मका १२ वटा बैठकमा घरायसी कामले अनुपस्थित।

९. एलिजा गुरुङ: २०८३ जेठ २६ देखि असार १५ गतेसम्मका ११ वटा बैठकमा स्वास्थ्य उपचारका कारण अनुपस्थित।

१०. सृष्टि भट्टराईस: २०८३ असोज १ देखि असोज १४ गतेसम्मका ११ वटा बैठकमा परीक्षाका कारण अनुपस्थित।

११. खडक शाही: २०८३ असोज ५ देखि असोज १५ गतेसम्मका ११ वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

१२. ज्ञानेन्द्र सिंह महता: २०८३ जेठ २५ देखि असार १० गतेसम्मका १० वटा बैठकमा जिल्ला भ्रमणका कारण अनुपस्थित।

१३. इन्दिरा राना मगर: २०८३ असोज ४ देखि असोज १४ गतेसम्मका १० वटा बैठकमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकाले अनुपस्थित।

१४. प्रकाश सिंह कार्की: २०८३ असोज ५ देखि असोज १४ गतेसम्मका १० वटा बैठकमा जिल्लामा कार्यक्रम रहेकाले अनुपस्थित।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं