Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

विराटनगर । पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यसैबीच, पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर आईपीओ निष्कासनको तयारीलाई अघि बढाएको छ ।

२७ औं वार्षिक साधारणसभा सम्पन्न भएसँगै कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको हो ।

आईपीओ निष्कासनमार्फत पूँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं