Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

शनिबार कुलेखानी जलाशयको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।

उद्योगहरूलाई मागअनुसार बिजुली पाउने अवस्था सुनिश्चित गर्न र बक्यौता असुलीमा कडाइ गर्न उनको निर्देशन छ । ”हेटौँडा औद्योगिक क्षेत्रमा ४० मेगावाटको बिजुलीको माग भएको छ । यो मागको सम्बोधनका साथै बक्यौता भएका उद्योगहरूलाई परिपत्रमार्फत ताकेता गरौँ,” उनले भने ।

विद्युत् प्राधिकरणले सूचना प्रवाहको स्थितिमा सुधार गर्नुपर्ने बताए । विद्युत् आपूर्तिको समस्याका कारणले भन्दा समयमै सूचना नपाएका कारणले नागरिकमा आक्रोश बढिरहेको कुरालाई ख्याल गर्न उनको निर्देशन छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं