काठमाडौं । सरकारले सडक दुर्घटनाका घाइतेको उपचार स्वास्थ्य संस्थाले रोक्न नमिल्ने कानुन प्रस्ताव गरेको छ ।
सडक सुरक्षासम्बन्धमा व्यवस्था गर्न विधेयकमा दुर्घटनाका घाइतेको उपचार स्वास्थ्य संस्थाको कर्तव्य हुने उल्लेख छ ।

विधेयकको प्रस्तावित मस्यौदाको दफा २९ मा उपचारको कर्तव्य घाइते पुर्याइएको स्वास्थ्य संस्थाको हुने उल्लेख गरेको छ ।

उक्त दफा को उपदफा २ मा भनिएको छ । परिषद्ले सडक दुर्घटनाबाट मृत्यु वा अपांगता हुन नदिन दुर्घटना पछिको उपचारको लागि एकद्वार लागू गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनेछ,” विधेयकमा भनिएको छ ।
विधेयकमा सडक दुर्घटनाको हानि-नोक्सानी तथा क्षतिपूर्तिको व्यवस्थापन पनि विधेयकमा गरिएको छ ।