काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अंकले घटेर २,५७२ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।
दिनभरिमा ३ सय उननसाठी कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै रिलायन्स स्पिनिङ मिल्सको २९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले ५ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । यता इङवा हाइड्रोका लगानीकर्ताले भने ४ दशमलव ८५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले गुमाएका हुन् । आज यसका इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।