Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा पार्टीका चारवटा प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।

प्रतिवेदन पारित भएसँगै महाधिवेशनको मुख्य बाँकी प्रक्रिया नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी कुल २४ पदाधिकारी रहने व्यवस्था छ।

यसमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुनेछन्। त्यसअनुसार महाधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने पदाधिकारीको संख्या १९ रहनेछ।

बन्द सत्रको प्रक्रिया सम्पन्न भएपछि काँग्रेसको ध्यान नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा केन्द्रित हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं