Lite Nepal

आइतबार, आश्विन २५, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा नगरिने बताएका छन्। असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

यसअघि २०८० सालमा गण्डकी प्रदेशको पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गरेका थिए। तर, यसपटकको सम्मेलनमा भने प्रधानमन्त्रीलाई निमन्त्रणा नगरिने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिँदै सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सम्मेलनमा सहभागी हुने बताए।

सम्मेलनमा प्रदेशका उपलब्धि र चुनौती, कानुन निर्माण, अन्तरप्रदेश सहकार्य तथा समन्वय र विपद् व्यवस्थापनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए। सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशका अधिकार कार्यान्वयन गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारी स्पष्ट पार्ने विषयलाई पनि सम्मेलनका प्रमुख एजेन्डाका रूपमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं