Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । यससँगै पछिल्लो तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । आइतबारको मूल्यसँग तुलना गर्दा बुधबारसम्म सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको देखिन्छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदीको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ थियो । आइतबारको तुलनामा बुधबारसम्म चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं