Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित एक घरबाट अवैध लागुऔषध गाँजा र मोटरसाइकलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ः३० बजे इनरुवा–४ स्थित हनुमान मन्दिर नजिक ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरबाट चार जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, सोही स्थानका २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

यादवको घरमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १९५ किलो ६८० ग्राम गाँजा र प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई बरामद लागुऔषध र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं