Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

विराटनगर । हिजो घटेर बन्द भएको सेयर बजार आज भने सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ ।

आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभरिमा ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ ।

यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यता सानिमा मिडिल तमोरको २१ करोड माथिको शेयर कारोबार भएको बताइएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले १२ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् भने दोर्दी खोलाका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं