Lite Nepal

बिहिबार, कार्तिक १२, २०८३

ब्रासिलिया । ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् ।

उनले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताएका छन् । यसअघि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणको निर्वाचनमा विजय हासिल गरेका थिए ।

पैँतालिस वर्षीय बोल्सोनारो बुधबार मियामी नजिकै निजी विमानबाट अमेरिका पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य भएको धारणा दोहोर्‍याए पनि बोल्सोनारोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताएका छन् ।

फ्लेभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि परिणाम उल्ट्याउने प्रयासमा असफल भएका थिए । उनी अहिले घरमै नजरबन्दमा छन् ।

फ्लेभियोले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहेका छन् । संसदीय संरक्षणको अवधि सकिन लाग्दा उनलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उनी अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुगेको बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले उनको परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानूनअनुसार प्रवेश अनुमति पाएको जनाएको छ ।

लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ बताउँदै आफ्नो देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने टिप्पणी गरेका थिए । यद्यपि, ब्राजिलका कानून कार्यान्वयन अधिकारीहरूले बुधबार बोल्सोनारोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं