Lite Nepal

बिहिबार, कार्तिक १२, २०८३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका तीन दिन सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

“यही कात्तिक १२, १३, १४ गते हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ,” प्राधिकरणले बिहीबार दिउँसो जारी गरेको ‘जरुरी सूचना’मा भनिएको छ, “त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला ।”

ट्रेकिङमा गइसकेको अवस्थामा सुरक्षित ठाउँमा बस्न सुझाव दिइएको छ । यी तीन दिन धान नकाट्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

“ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला,” प्राधिकरणले भनेको छ, “साथै, यो तीन दिन धान नकाट्नुहुन अनुरोध छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं