Lite Nepal

बिहिबार, कार्तिक १२, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाज ११५ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमान्डुले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले निर्धारित २० ओभरसमेत खेल्न सकेन। जनकपुरका बलरले नियमित अन्तरालमा विकेट लिएपछि काठमान्डुको इनिङ्स १९.३ ओभरमा समाप्त भयो।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरका राहुल यादवले चार विकेट लिँदै काठमाडौँलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले। उनलाई सैफ हसनले दुई विकेट लिएर साथ दिए।

त्यस्तै, हरमीत सिंह, मोइन अलि र ललित राजवंशीले समान एक-एक विकेट हात पारे।

अब जनकपुरले जितका लागि निर्धारित २० ओभरमा ११६ रन बनाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं