Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडाैं । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकृतहरू बताउँछन् ।

आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं