विराटनगर । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।
ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो।

बिहीबार बिहानदेखि निरन्तर भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बस फसेपछि त्यसमा सवार करिब ३० जना यात्रुलाई एक्स्काभेटरको सहायताले सुरक्षित उद्धार गरिएको स्थानीय रोशन कार्कीले जानकारी दिए।
बसमा सवार यात्रुहरूको सुरक्षित उद्धार भए पनि खोलामा पानीको बहाव उच्च रहेकाले बस निकाल्न कठिनाइ भएको छ।