Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

विराटनगर । हिजो दोहोरो अंकले बढेको बजार आज भने सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर बन्द भएको हो ।

आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ । यस बैंकको ३८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

स्वाभिमान लघुवित्तका लगानीकर्ताले १२ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

लुम्बिनी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं