कौडा र नगद बरामद
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–६ स्थित लक्ष्मी टोलमा रहेको एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिने कौडा तथा नगद रकमसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका वडा नं. १, २, ३ र ६ का स्थानीय बासिन्दासहित सिन्धुलीको कमलामाई नगरपालिका–१ का एक व्यक्ति रहेका छन्। प्रहरीले पक्राउ परेका सबैलाई बरामद गरिएको कौडा र नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
