Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

काठमाडौं । अमेरिकाले युक्रेनलाई ५०० वटा अत्याधुनिक प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। २ अर्ब १० करोड अमेरिकी डलर मूल्यका यी क्षेप्यास्त्र खरिदका लागि क्यानडा र युरोपेली देशले रकम उपलब्ध गराउनेछन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको मुख्य आपूर्तिकर्ता लकहिड मार्टिन हुनेछ। खरिदका लागि जर्मनी, नर्वे र क्यानडाको सहयोग तथा युरोपेली संघको सहायता ऋण प्रयोग गरिनेछ।

रुसले युक्रेनमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग प्याट्रियट क्षेप्यास्त्र शीघ्र उपलब्ध गराउन आग्रह गरेका थिए। यद्यपि, आपूर्ति हुन केही वर्ष लाग्न सक्ने अनुमान छ।

ट्रम्प र जेलेन्स्कीबीच सम्बन्धमा तनाव देखिएका बेला आएको यो निर्णयले युक्रेनको हवाई रक्षा क्षमता बढाउने अपेक्षा गरिएको छ। रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं