काठमाडौँ । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र मधेश प्रदेशमा सामान्यतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।
देशका विभिन्न भूभागमा देखिएको बदलीको अवस्था क्रमिक रूपमा कमजोर हुँदै गएको र मौसममा सुधार भइरहेको महाशाखाले जनाएको छ।

