Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

काठमाडौं। कारोबार खुलेदेखि उकालो लागेको सेयर बजार अन्तिममा उही विन्दुमा फर्किएको छ। नेप्से परिसूचक बुधबार १.४० अंक बढेर २६६५. ५३ विन्दुमा पुगेको छ।कारोबारमा आएका लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै ६. १८ प्रतिशतले बढेको छ।

सरकारको लगानी रहेको नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट लागेको छ। हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशतले बढेको छ। दुई वटै रिइन्स्योरेन्स कम्पनीले अन्य उपसमूह उचालेका हुन् । सरकारले नेपाल रिमा हकप्रद सेयरबापत लगानी गर्ने भएसँगै कम्पनीमा बुधबार एकाएक पोजेटिभ सर्किट लागेको हो। यसको प्रभाव हिमालयन रिमा समेत परेको छ।

बुधबार सेयर कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  स्वेत गंगा हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै घोराही सिमेन्टको ५१ करोड २४ लाख, हिमालयन रिको ३६ करोड र नेपाल रि-इन्स्योरेन्सको ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं