Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका छन्। समितिका सचिव तुलबहादुर कँडेलले प्रस्तावित न्यायाधीशहरूविरुद्ध १३ वटा उजुरी परेको जानकारी दिएका हुन्।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध गत कात्तिक ९ गते १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो।

उनीहरूविरुद्ध परेका उजुरीमध्ये केही सामूहिक प्रकृतिका छन् भने केही व्यक्तिगत रूपमा दर्ता भएका छन्।

प्राप्त उजुरी खोल्नका लागि समितिको बैठक आज ९बिहीबार० दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा उजुरी खोल्ने र ती उजुरी समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।

उजुरीसँगै प्रस्तावित न्यायाधीशहरूले पेस गरेको कार्ययोजना पनि समितिका सदस्यहरूलाई वितरण गरिनेछ। उनीहरूको संसदीय सुनुवाइ भने तिहार बिदापछि मात्रै गर्ने तयारी समितिको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं