Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

सुनसरी। प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडासहित एक थान मोटरसाइकल बरामद गरेको छ। बिहीवार बिहान सुनसरीको इनरुवा नगरपालिका–२ स्थित नेशनल स्कुल नजिक जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल बरामद गरेको हो।

प्रहरी टोलीलाई देख्नासाथ बबियाबाट इनरुवातर्फ आउँदै गरेको को १५ प ३११० नम्बरको मोटरसाइकल चालकले भन्सार छली गरी ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल छाडेर फरार भएका थिए। बरामद गरिएका लत्ताकपडाको अनुमानित मूल्य  १ लाख ५९ हजार रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं