Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट बिहीबार अध्ययनका लागि राखिएको छ। सरकारको निर्णय बदर गरी आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। तर, रिट दर्ता भने भएको छैन।

कार्कीका तर्फबाट सहजीकरण गरेका अधिवक्ता टीका कुँवरका अनुसार मुख्य रजिस्ट्रारले रिट अध्ययनका लागि राखिएको जानकारी दिएका छन्। रिट दर्ता गर्ने वा नगर्ने विषयमा शुक्रबार टुंगो लाग्ने उनले बताए। कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणबिनै गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको दाबी गरेका छन्।

सरकारले कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। त्यसपछि एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

सरकारको उक्त निर्णय रोक्न र आफूलाई पुनर्बहाली गर्न कार्कीले सर्वोच्च अदालतसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं