विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित महेन्द्र चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। १९ गते राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को ३१ प ८९८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–५ निवासी २६ वर्षीय नवीन कार्कीलाई शंकाका आधारमा खानतलासी गरेको थियो।
सो क्रममा उनको साथबाट ०.४८ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थ र मोटरसाइकलसहित कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

