Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई ढुंगा बोकाउने र जेल हाल्ने चेतावनी दिएका छन् ।

चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांक (ठट्टा) लाई लिएर साम्पाङले जेल हाल्ने चेतावनी दिएका हुन् । यस्तै उनले मल्ल चर्चित अभिनेत्री नभएको समेत टिप्पणी गरेका छन् ।

साम्पाङले लेखेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन् । उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्याङ्क गरिन् । यो आपराधिक कार्य हो । हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ ।’

शनिबार चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ल लगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो । नाटकपछि कालाकारलाई प्रहरीले पक्राउ गरेको भन्दै गलत प्रचार समेत गरिएको थियो । लगत्तै साम्पाङले समेत स्टाटस लेख्दै कलाकार पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए ।

पछि पक्राउको नाटक गरिएको थाहा पाएलगत्तै उनले स्टाटस हटाएका थिए । त्यस लगत्तै फेरि उनी आज अभिनेत्री मल्लविरूद्व उत्रिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं