Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् ।

बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै उनले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका हुन् ।

उनले फास्ट ट्रयाक निर्माणका क्रममा केही कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको उल्लेख गरे । “अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार छैन,” उनले भने ।

उनका अुनसार, प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन ।

“पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न सकेका छैनन्,” मन्त्री लम्सालको भनाइ छ ।

काठमाडौंस्थित आयोजनाको प्रारम्भिक विन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने बताए ।

ती समस्या समाधान भएपछि रद्द गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं