Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्।

हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ४१० नम्बरको उडानमार्फत हङकङबाट काठमाडौँ आएका थिए।

विमानस्थलस्थित भन्सार तथा सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं