Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ ।

सर्वोच्चका प्रवक्ता डा.अशोक क्षेत्रीका अनुसार, मंसिर ७ गतेका लागि अन्तरिम आदेशको छलफलमा लागि सुनुवाइको पेसी तय भएको हो ।

रिट निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने माग अस्वीकार गरेको छ ।

प्रवक्ता डा. क्षेत्रीले मंसिर ७ गते रिट निवेदक र सरकारबीच अन्तरिम आदेशको मागमा छलफल हुने बताए ।

अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ ।

आफूलाई सुनुवाइको मौका नदिई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै कार्कीले गत कात्तिक २० गते रिट निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं