Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

भद्रपुर । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो भने भदौमा सात वटा घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएकोे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं