Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद, लाभ तथा सुविधा प्राप्त गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चौधरीका शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार चौधरीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट जारी भएको भन्दै माक्र्ससिट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट र कन्डक्ट सर्टिफिकेटलगायतका झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उनले ती प्रमाणपत्र बढुवा तथा पदस्थापनको प्रयोजनका लागि प्रयोग गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । नक्कली प्रमाणपत्रकै आधारमा बढुवा हुँदै उनी अनुसन्धान विभागको उपसचिवसरहको प्रमुख अनुसन्धान अधिकृत पदसम्म पुगेको आयोगको दाबी छ ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको हैसियत प्राप्त गरी सरकारी पद, लाभ तथा सुविधा लिएको पुष्टि भएको भन्दै आयोगले चौधरीविरुद्ध कैद र जरिबानाको मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं