Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । झापा, सुनसरी र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मंसिर ३ गते उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–६ का मनिष शर्मा र डिकबहादुर शर्मालाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय झिलझिलेले दमक नगरपालिका–७ का भीम सागर न्यौपानेलाई ७ सय ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

यस्तै, सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का उदित नारायण चौधरीलाई ८ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–७ का आषिश लिम्बुलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं