Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ)ले भारतमा मतदाता नामावली संशोधन प्रक्रियाका क्रममा धार्मिक अल्पसंख्यकलक्षित गरिएको आरोप लगाएको छ ।

आयोगका अध्यक्ष आसिफ महमुदले बिहीबार (नोभेम्बर १९) विज्ञप्ति जारी गर्दै भारतीय सरकारले मुस्लिम नागरिकलाई मतदाता सूचीबाट हटाउने, ‘विदेशी’ करार र अवैध रूपमा देशनिकाला गर्ने प्रयासमार्फत उनीहरूलाई निसाना बनाएको आरोप लगाएका हुन् ।

यूएससीआईआरएफ अमेरिकी सरकारको एक निकाय हो, जसमा रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका प्रतिनिधि सहभागी हुन्छन् । यसले विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थाको अनुगमन गरी नीतिगत सिफारिस गर्छ । यस्ता सिफारिस बाध्यकारी हुँदैनन् ।

भारतले भने आयोगलाई पक्षपाती भन्दै त्यसका आलोचना अस्वीकार गर्दै आएको छ । भारतले यस्ता टिप्पणीलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने गरेको छ ।

भारतमा जारी मतदाता नामावलीको विशेष गहन पुनरवलोकन (एसआईआर) प्रक्रियाका क्रममा करिब १३ करोड नाम हटाइएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो संख्या मेक्सिकोको कुल जनसंख्याको हाराहारी हो । यस प्रक्रियाको सबैभन्दा ठूलो प्रभाव भारतको प्रमुख अल्पसंख्यक समुदाय मुस्लिममाथि परेको रोयटर्सको तथ्यांक छ ।

भारतीय निर्वाचन आयोगले भने मतदाता सूचीबाट त्रुटिवश नाम हटाइएका व्यक्तिले त्यसविरुद्ध अपिल गर्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं