Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

विराटनगर । विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्तसँग विभिन्न समस्या देखाउँदै रकम मागेर ठगी गरेको आरोपमा दुई भारतीयसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ह्याकरहरूले विदेशमा रहेका व्यक्तिको फेसबुक आईडी नियन्त्रणमा लिएर नेपालमा रहेका आफन्त तथा परिवारका सदस्यलाई सम्पर्क गर्ने गरेका थिए।
त्यसक्रममा विभिन्न समस्या देखाउँदै रकम आवश्यक परेको भन्दै विभिन्न बैंक खाताका क्यूआर कोड पठाएर पीडितबाट ४ लाख ४५ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको आरोप छ।

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंसिर ४ गते विराटनगरका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला चुरना चौबेक १० स्थायी ठेगाना भई हाल विराटनगरको एयरपोर्ट मोडमा बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्ला ड्राइभर टोल वडा नं. ४ स्थायी ठेगाना भई विराटनगर महानगरपालिका  ४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भनिने मो. सावुदिन रहेका छन्। त्यस्तै, विराटनगर महानगरपालिका  १७ का ३१ वर्षीय जफर आलम र  २३ वर्षीय फैयाज खान पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं