काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ ।
आज १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज क्यापिटलको २२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् ।
माउन्टेन हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ३ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् ।
जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।