विराटनगर । विराटनगरमा उपचाररत कैदी फरार भएका छन् ।
विराटनगर–७ स्थित क्षयरोग अस्पतालमा उपचाररत भारतको आसाम घर भई झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय सुमन भनिने सन्तोष राई फरार भएका हुन् ।

उनी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनी क्षयरोग पीडित थिए । उनलाई बैशाख २८ गते अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

मोरङ कारागार प्रशासक नारायण न्यौपानेका अनुसार गत बैशाख २५ गते राईलाई मोरङ कारागारमा स्थानान्तरण गरिएको थियो । क्षयरोगको उपचार लामो समय गर्नुपर्ने भएकाले उनलाई अस्पतालमै राखिएको थियो ।
फरार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।