Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको अतिरिक्त कार्यभार दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले कर्णलाई दुवै प्रदेशको जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेश प्रमुख पदमा नयाँ नियुक्ति नभएसम्म कर्णले उक्त जिम्मेवारी निर्वाह गर्नेछन् ।

कोशी प्रदेशका तत्कालीन प्रमुख पर्शुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा भएका थिए । त्यसयता रिक्त रहेको प्रदेश प्रमुखको जिम्मेवारी कर्णलाई दिइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं