Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

विराटनगर । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ ।

दिनभरिमा ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज क्यापिटलको शेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालय ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । यस बैंकका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । यस्तै माण्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् भने बेष्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं