Lite Nepal

मंगलबार, बैशाख ०९, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिजो भएको सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको शव परिवारले बुझेका छन् ।

झापा भद्रपुरका बिनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाई महेश पौडेलले बुझेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिए ।

मृतक तीनै जनाको आज झापा भद्रपुरमा अन्तेष्टि गरिने भाइ महेश पौडेलले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका सवारी चालक दुर्गा भट्टराईको अन्तेष्टि ताप्लेजुङको दोभान घाटमा आज विहान ११ वजे गरिने परिवारका सदस्य इन्द्र नारायण भट्टराईले बताए ।

दुर्घटनाका घाइते सबिना पौडेलको उपचार काठमाडौं हेम्स अस्पतालमा भइरहेको छ। पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको बोलेरो जिपमा हिजो विहान पाथीभरा क्षेत्रको सेवारो चोक नजिक विद्युतीय करेन्ट लागेर दुर्घटना भएको थियो।

जिपमा सवार चालक सहितका चार जनाको घटनास्थलमै जलेर मृत्यू भयो भने एक जना गम्भीर घाइते भएका थिए। एकजना वालकको अवस्था भने सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं