Lite Nepal

आइतबार, साउन ३२, २०७७

पाँचथर । अलैंची निर्यात हुन नसक्दा पाँचथरका ब्यवसायी र किसान निराश बनेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंची भारत निर्यात नहुँदा ब्यवसायी निराश बनेका हुन् ।

ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले जानकारी गराउनुभएको छ ।

भारत निर्यात हुन नसक्दा कृषकले उत्पादन गरेको अलैँची समेत ब्यवसायीले खरिद नगर्दा कृषक निराश छन् ।

नेपालका ४२ भन्दा बढी जिल्लामा अलैंची खेती हुने गरेको छ । कृषि विभागको तथ्यांक अनुसारे १२ हजार एक सय २० हेक्टर क्षेत्रबाट अलैंची उत्पादन हुने गरेको छ ।

यसमध्ये ११ हजार तीन सय हेक्टर प्रदेश १ का पहाडी जिल्लामा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं