Lite Nepal

बुधबार, जेठ १४, २०८२

पर्सा । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएको बखतमा एक्कासी जङ्गली हात्तीले आक्रमण गरेको जानकारी दिए ।

“हात्तीको आक्रमणमा परेको तीन दिनपछि प्रहरीमा उजुरी आएको थियो र खोजी गर्ने क्रममा मृतक भुलनको शव सोमबार मात्रै फेला पर्‍यो”, उनले भने, “इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक भुलनको शव सङ्कलन गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ ।”

भुलनसँगै कुरिलो खन्न गएका अन्य दुई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं