धरान । शुक्रबार रातीदेखि परेको अविरल वर्षा पछि आएको लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।
खोलाले करिब १०० मिटर सडक बगाएको छ । सडक खुलाउन अब नयाँ बाटो खन्नुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा लेउती खोलाले करिब १०० मिटर कालोपत्रे सडक बगाएको हाे ।
प्रहरीका अनुसार कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो । रुख हटाएर सडक भने खुलाएको छ ।
वर्षाकै कारण तमोर करिडोको सडकपनि अवरुद्ध भएको छ । छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका– ४ खण्ड अवरुद्ध भएको हो ।