Lite Nepal

बिहिबार, आषाढ ०५, २०८२

झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्ती पीडितलाई एक करोड ९० लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए ।

कार्यालयले ५१० हात्ती पीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ रुपैयाँ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ रुपैयाँ राहत उपलब्ध गराएको उनले बताए ।

निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले एक करोड रुपैयाँ, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई ११ लाख १८ हजार ६२८ रुपैयाँ, हात्तीले २२ वटा घरको क्षति पुर्‍याएबापत चार लाख २० हजार रुपैयाँ, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पुर्‍याएबापत एक लाख ८० हजार रुपैयाँ, अन्नबालीमा क्षति (२९ वटा) पुर्‍याएबापत दुई लाख ७९ हजार ८०० रुपैयाँ र एउटा पशुधनको क्षतिपूर्तिबापत १० हजार रुपैयाँ पीडितलाई राहत उपलब्ध गराएको डा. भलले जानकारी दिए ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई ८७ लाख २४ हजार ५३२ रुपैयाँ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा. भलले बताए । “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु दुई लाख दिने व्यवस्था छ”, उनले भने, “अङ्गभङ्ग भएकालाई रु पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उनी बताउँछन् । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा