Lite Nepal

मंगलबार, आषाढ ३१, २०८२

सुनसरी । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ ।

इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४ र २५ गते भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले जानकारी दिए ।

उनका अनुसार सम्झौतामा विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान परियोजना, अन्तरराष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक तथा सामाजिक सहकार्यलगायत क्षेत्रलाई समेटिएको छ ।

श्री जेजेटी विश्वविद्यालयसँग भएको सम्झौतामा संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, सांस्कृतिक तथा शैक्षिक सहकार्य, दिगो विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

राजस्थानको झुँझुनु जिल्लास्थित जेजेटी विश्वविद्यालयका कुलपति डा. देवेन्द्रसिंह ढुल, रजिष्ट्रार डा.अजित कस्वां, डा अमन गुप्ता, सहायक रजिष्ट्रार श्री कपिल, डा.मधु गुप्ता, डा.इकरामलगायतको सहभागिता थियो भने हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा.एचएल वर्मा, रजिष्ट्रार डा.विनोद कुमार, सहायक रजिष्ट्रार नवीन कपिल, डा.अरूप गिरी, डा.अभिषेक, डा.वीरेन्द्र सिंह, डा.बाबुरामसहितको सहभागिता थियो ।

जनता बहुमुखी क्याम्पसकोतर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्रप्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बिआइसिटी विभाग प्रमुख मन्दीप भट्टराई र डा सिटौलाको सहभागिता थियो ।

‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने सन्देशका साथ गरिएको सम्झौताले नेपाल–भारत शैक्षिक सम्बन्धलाई बलियो बनाउने र क्याम्पसलाई अनुसन्धान तथा नवप्रवर्तनतर्फउन्मुख गराउने विश्वास व्यक्त गरिएको अध्यक्ष केसीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं