
काठमाडौं । ताप्लेजुङ समाज नेपालको तेस्रो अधिवेशनले रमेश बरालको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सुर्य क्याट्रिङ धुम्बाराही काठमाडौंमा शनिवार सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्ष अग्नि पौडेल चयन भएका छन् भने, चार उपाध्यक्षहरूमा क्रमशः चैतन्य तुम्बाहाम्फे, देउमान विष्ट, योगेन्द्रकुमार न्योङ्हाङ र कृष्णकुमार केदेम रहेका छन् ।
मिङ्मा कामी शेर्पालाई महासचिवको जिम्मेवारी दिएको अधिवेशनले ९ जना उपमहासचिव चयन गरेको छ । जसमा क्रमशः गुरुप्रसाद खतिवडा, छत्रबहादुर कार्की, खड्गप्रसाद पौडेल, इन्द्रप्रसाद कडरिया, औध सामेखाम, सीता पौडेल दाहाल, मिङमा डण्डु शेर्पा, अमृता नेपाली र राजीवकुमार श्रेष्ठ रहेका छन् ।

समितिको सचिवमा ११ जनालाई चयन गरिएको छ । पासाङ डोमा शेर्पा, दुश्यन्त दाहाल, सुमना लिवाङ, सुनिता थापा, रुद्र आङबुहाङ, मिङ्मा भोटिया, कमला निरौला, गोपाल बराल, सरिता अधिकारी, पावान हाङगाम र खड्गबहादुर श्रेष्ठ चयन भएका सचिवहरू हुन् ।
यस्तै अधिवेशनले कोषाध्यक्षमा विरेन्द्र दाहाल र सहकोषाध्यक्षमा फुपु शेर्पालाई सर्वसम्मत चयन गरेको छ । अन्य २८ जना भने सदस्य चयन गरेको समाजका सचिव दुश्यन्त दाहालले जानकारी दिए ।
काठमाडौंमा रहेर ताप्लेजुङको विकास, जिल्लाको संस्कार संस्कृतिको प्रचार र संरक्षणमा चासोका साथ काम गर्दै आएको ताप्लेजुङ समाज नेपालको शनिवार सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा पञ्चकन्यालाई प्रमुख अतिथि बनाइएको थियो ।
कार्यक्रमको अतिथिका रूपमा पूर्व मन्त्री योगेश भट्टराई र टंक आङ्बुहाङ रहेका थिए ।
हेरौं नयाँ समितिका पदाधिकारीहरू ।



