Lite Nepal

शनिबार, पुष १२, २०८२

गुल्मी । गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण संघले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न ३० प्रजातिका चरा फेला परेका उनले बताए।

नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन् ।

यहाँ विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चरा रहेका भट्टराईले बताए । ती चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । यस्तै, काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रहेको छ ।

“यहाँ नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा फेला परेका छन् । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि वासस्थानलाई जोगाउन लाग्नुपर्ने आवश्यकता छ”, भट्टराईले भने ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेकाले यसको प्रचार र संरक्षणका लागि लाग्नुपर्ने बताए । यसले पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा जीविकोपार्जनमा टेवा पुग्ने भएकाले नगरपालिकाले यसमा काम गर्ने बताए ।

पंछी संरक्षण संघले विगत १० वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं