Lite Nepal

शनिबार, माघ ०३, २०८२

काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर)को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ । शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ । मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब ७,५०० मिटर उचाइमा रहेको क्याम्प–४ माथिबाट लडेर ज्यान गुमाएका हुन् ।

त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन् । बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।

घटनापछि एटके एक्सपिडिसनले स्वेच्छिक उद्धार अभियान सुरु गरेको जनाएको छ । कम्पनीका अध्यक्ष पेम्बा शेर्पाका अनुसार फुर्वा ओङ्गेलको शव निकाल्न चार अनुभवी शेर्पा उद्धारकर्ता अशोक लामा, पासदावा शेर्पा, आङ छिरिङ शेर्पा र पासाङ तेन्जी शेर्पालाई परिचालन गरिएको छ ।

यसैबीच, मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य शेर्पा आरोहीहरूलाई पनि खोज तथा उद्धार कार्यमा परिचालन गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं